जनता टाइम्स

२९ चैत्र २०७८, मंगलवार १२:०१

एमालेबाट जाजरकोट बारेकोटको अध्यक्षका उम्मेदवार पत्रकार गिरी


सुर्खेत, २९ चैत । नेकपा एमालेबाट बारेकोट गाउँपालिकाको अध्यक्षमा वीरबहादुर गिरीले चुनाव लड्नुहुने भएको छ । हिजो पार्टीको गाउँ कमिटी बैठकले गिरीलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको रुपमा छनौट गरेको हो ।

लामो समयदेखि शिक्षण पेशामा सक्रिय गिरी प्रेस चौतारीको केन्द्रीय उपाध्यक्षसमेत बनिसक्नुभएको छ । उहाँ एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनबाट नेकपा एमालेको जिल्ला सचिवमा भारी मतका साथ विजयी हुनुभएको थियो ।