जनता टाइम्स

१० बैशाख २०७९, शनिबार १२:१९

माओवादीले वडाअध्यक्ष सिफारिश गरेकै नेता एमाले प्रवेश


सुर्खेत, बैशाख १० । कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल भट्टराई एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य गोरख वोगटीले एमाले प्रदेश कार्यालयमा भट्टराईलाई पार्टीमा स्वागत गर्नुभएको छ । उहाँलाई नेकपा माओवादीले वडा अध्यक्ष पदका लागि सिफारिस गरेको थियो । माओवादी केन्द्रले भट्टराईसहित प्रकाश हमाललाई समेत वडा अध्यक्षमा सिफारिस गरेको थियो।

‘एमाले जनताको पार्टी हो । यहाँ सबैले समान अधिकार पाउने र जनताको पक्षमा काम गर्ने पार्टी उमाले भएको मेरो ठम्याई थियो । त्यही कारण म पद भन्दा पनि पार्टीको विचार, विधीसँग सहमत भएर एमालेमा प्रवेश गरेको हो,’ भट्टराईले भन्नुभयो, ‘कम्युनिष्टको नाममा पुंजीवादीलाई भोट दिनुपर्ने बाध्यता कायम गर्ने सत्ता लोभी पार्टी माओवादीलाई मैले त्यही भएर त्यागेको हो ।’