सिन्धुपाल्चोक, जेठ ३ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार बजियी भएका छन । इन्द्रावतीको अध्यक्षमा एमाले नेता झम्कनाथ नेपाल विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकै शोभना तामाङ बिजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
अघिल्लो निर्वाचनमा कांग्रेसका वंशलाल तामाङसँग पराजित हुनुभएका नेपालले यसपटक भने बिजयको यात्रा तय गर्नुभएको हो । अध्यक्षमा बिजयी नेपालले ७ हजार १ सय २७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विकास लामा झन्डै एक हजार मतले पछि पर्नुभएको छ । लामाले ६ हजार १ सय ५२ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४ हजार १ सय ३४ मत प्राप्त गरी तेस्रो बन्नुभएको छ । यसैगरी उपाध्यक्षमा निर्वाचित एमाले नेतृ शोभना तामाङले ६ हजार ५ सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँसँग पराजीत कांग्रेसकी दयाकुमारी मिश्रले ६४६३ मत प्राप्त गर्नुभएको छ ।
१२ वटा वडा रहेको इन्द्रावती गाउँपालिकामा १, ३, ५, ६ र ९ गरी पाँच वडा अध्यक्ष एमालेले जितेको छ भने कांग्रेसले पनि २, ४, ८, १० र ११ गरी पाँचै वडा अध्यक्ष जितेको छ । यस्तै माओवादी केन्द्रले ७ र १२ को वडा अध्यक्षमा विजयी भएको छ ।












प्रतिक्रिया दिनुहोस्