जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार १९:४१

नबिल बैँकको सीईओमा ज्ञानेन्द्र ढुंगाना


काठमाडौँ, जेठ ९ । नबिल बैँकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त हूनुभएको छ । शनिबार भएको बैंकको विशेष साधारणसभाले नविल बैंक सञ्चालक समितिको प्रस्ताव अनुसार ढुंगानालाई सीइओमा नियुक्त गरेको हो ।

नबिलका वर्तमान सीईओ अनिल शाहको कार्यकाल आगामी असार पहिलो सातामा सकिँदैछ । ढुंगानाको नियुक्ति असार १७ गतेबाट लागू हुने बताइएको छ । उहाँ नेपाल बंगलादेश बैँकका पूर्व सीइओ हुनुहुंछ। उहाँले नबिल बैँक र नेपाल बंगलादेश बैँकबीचको मर्जर प्रक्रियाका लागि भूमिका समेत खेल्नु भएको थियो ।

नबिल बैँक र नेपाल बंगलादेश बैँकबीच असार अन्तिममा एकीकृत कारोबार सुरु गर्ने गरी तयारी भएको छ ।