काठमाडौँ । जब कुरा खानाको स्वादको आउँछ तब हामी सबैको मनपराइने वस्तु र अवस्था फरक फरक हुन्छ । कसैलाई धेरै पिरो र मसालेदार खाना मनपर्छ त कसैलाई सादा । पिरो नखाने कसैको मुखमा थोरैपनि खुर्सानीको स्वादले आँखामा पानी निस्कने र कानबाट धुँवा निस्कने गर्दछ । तर, हामी तपाईंलाई आज यो कुरा बताउन गइरहेका छौँ कि पिरो मनपराउने र मननपराउनेको सम्बन्ध तपाईंको सेक्स जीवनसँग पनि हुन्छ ।
कसरी ? जान्नको लागि अगाडि पढ्नुहोस् !
एक नयाँ अध्ययनले तपाईं यदी स्पाइस प्रेमी हुनुहुन्छ अर्थाात तपाईंलाई पिरो र मसालेदार खाना मन पर्छ भने यो कुराले आशंका बढ्छ कि तपाईं आफ्नो बेडरुममा पनि आफ्नो सेक्स जीवनलाई धेरै नै स्पाइसी र रोमाञ्चक बनाएर राख्नुहुन्छ । बेलायतको बहुदेशिय वानपोल अध्ययन केन्द्रले गरेको सर्बेक्षणको नतिजाले यो कुरा बताउँछ कि जो मानिस पिरो खान मनपराउँछ उ पिरो कम खानेभन्दा बढी सेक्स गर्दछन् ।
अध्ययनमा २ हजार सहभागीहरुलाई समावेश गरिएको थियो र केन्द्रले कयौँ प्रश्नहरु गरेको थियो । अध्ययनको दौरानमा जीवनशैली, व्यक्तित्व, पिरो र मसालेदार मनपर्ने, नपर्ने जस्ता प्रश्नहरुको प्रयोग गरिएको थियो । साथै १ देखि ४ बीचमा स्पाइसी फूड मनपर्नेदेखि लिएर रेटिंग पनि दिनु थियो जहाँ १ को अर्थ पिरो बिलकुलै मन नपर्ने र ४ को अर्थ पिरो मनपर्ने थियो ।
सर्बेक्षणको नतिजाले व्यक्तिहरु जो आफ्नो खानाको स्वाद बढाउनको लागि उसमा तातो सस र खुर्सानी थप गर्छन् उनीहरु महिनामा ५/३ पटक सेक्स गर्दछन् । अर्कोतिर जो पिरो मन पराउँदैनन उनीहरु एक महिनामा ३/२ पटकमात्र सेक्स गर्दछन् । अर्थात कुरा प्रष्ट छ कि पिरो मनपराउने व्यक्तिहरु बढी सेक्स गर्दछन् ।
बढी पिरो खानेको सम्बन्ध केबल बेडरुममा बढी एक्शनबाट होइन कि पिरो मनपराउने मानिस पिरो नखानेभन्दा बढी साहसिक पनि हुन्छन् । पिरो मनपराउने मानिस, पिरो नखाने मानिसको तुलनामा बढी हिँड्ने, बढी खुसी हुने, बढी सामाजिक र बढी अभ्यासी पनि हुने अध्ययनको निष्कर्ष छ ।













प्रतिक्रिया दिनुहोस्