काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई छल्ने क्रमलाई निरन्तरता दिँदै आज अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा समेत अनुपस्थित हुनुभएको छ । यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद छल्नुभएको थियो ।
प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण,एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा प्रधानमन्त्रीले आफूलाई जानकारी नै नभएको जवाफ पठाउनुभएको छ । प्रधानमन्त्रीको जवाफ सुन्न विहान समयमै बैठक कक्षमा पुगेका सांसदहरूलाई समितिका सभापति पवित्रा निरौलाले आफूहरू धनगढीमा रहेको र पत्र नै प्राप्त नभएको जवाफ आएको जानकारी दिनुभयो।
सभापति निरौलाले नै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्दा पत्र पाए पनि विभिन्न कारणले समितिमा आउन नसकेको जवाफ पाएको बताउनुभयो । सभापति निरौलाले प्रधानमन्त्रीको तर्फबाट आएको गैरजिम्मेवार जवाफलाई समितिको अपमान भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्