काठमाडौं, १९ असार । आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर करिब ७५० बस्तुको कर परिवर्तन गर्ने व्यक्ति रघुनाथ घिमिरे चौधरी ग्रुपका कर्मचारी भएको खुलेको छ । २०७५ भदौमा जागीर छोड्नुभएका घिमिरे सोहि वर्ष चौधरी ग्रुपको सानेपामा नियुक्ती पाएको सानेपा स्रोतले बताएको छ । घिमिरेले २०७५ राजस्व अनुसन्धान विभागमा दिर्घराज मैनाली महानिर्देशक भएका बेलामा घिमिरे सहित करिब आधा दर्जन कर्मचारीले छोडेका थिए ।
उहाँको जागीरमा करिब १० वर्ष बाँकी छँदा नायव सुब्बा पदबाट राजीना दिएर मोटो रकममा चौधरी ग्रुपमा जागीर खान जानुभएको थियो । कर्मचारीहरुको अभिलेख राख्ने किताबखानाको अभिलेख अनुसार अर्घाखाँची भूमिस्थान नगरपालिकाका बासिन्दा घिमिरे २०५३ जेठ ८ गते नुवाकोट जिल्ला विकास समितिअन्तर्गत गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी)का रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ उत्कालिन नेपाली काँग्रेसका नेता ढुण्डीराज शास्त्री निकट हुनुहुन्छ।
गाविस सचिवबाट गैरकानुनी रुपमा अर्थमन्त्रालय अन्गतरगत राजस्व सेवामा प्रवेश गर्नुभएका घिमिरे त्यसपछि सधै मालदार कार्यालयहरुमा मात्रै बस्नुभयो। उहाँ राजस्व अन्तरगतको कर्मचारी भएपछि धेरै समय ठूला करदाता कार्यालयमा बस्नुभएको थियो । सोहि स्थानमा बस्दा उनले ठूला व्यापारीसँग सम्बन्ध विस्तार गरेर सरकारी ढुकुटी समेत नोक्सान पुर्याएको स्रोतको भनाइ छ । स्रोतका अनुसार घिमिरेका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत रहेको बताएको छ ।













प्रतिक्रिया दिनुहोस्