काठमाडौं,१२ साउन । सुनको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्