किभ, १२ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमती ओलेना जेलेन्स्काले भोग म्यागजिनको कभर स्टोरीको लागि पोज दिनुभएको छ । पत्रिकामा दम्पतीले आफ्नो झण्डै २ दशक लामो वैवाहिक जीवनबारे छलफल गर्नुभएको छ । उहाँहरूले आफ्नो इतिहास सेयर गर्नुका साथै जारी आक्रमणका कारण छुट्टिनु परेको आफ्ना छोराछोरीबिना समय बिताएको विषय उल्लेख छ ।
राष्ट्रपति र प्रथम महिला दुबैले किभमा भोग टोलीसँग व्यक्तिगत रूपमा अन्तवार्ता दिनुभएको छ । युक्रेनमाथि रुसी हमला भएको १५० दिनभन्दा बढी कटेको छ । हमलामा हजारौँ मानिसको मृत्यु भएको छ । भोगले श्रीमति जेलेन्स्काको तस्बीरलाई उसको पछिल्लो डिजिटर कभर स्टारको रुपमा समेत पोस्ट गर्दै त्यसलाई ‘साहसको चित्रण’ भनेको छ जहाँ युक्रेनी प्रथम महिला कालो पाइन्ट र सेतो टपमा सजिएर राष्ट्रपतिको कार्यलयभित्र बस्नुभएको छ ।
भोगले आफ्नो इन्स्टाग्राम हेन्डलमा सार्वजनिक गरेका अन्य तस्बीरहरूमा उहाँ सिपाहीहरू र भग्नावशेषमा फोटोको लागि पोजसमेत दिनुभएको छ । ‘युक्रेन युद्ध एउटा महत्वपूर्ण र नयाँ चरणमा प्रवेश गर्दा देशको प्रथम महिला ओलेना जेलेन्स्का एक प्रमुख खेलाडी बनेकी छिन्–एक फ्रन्टलाइन कूटनीतिज्ञ र राष्ट्रको भावनात्मक आवाज’, भोगले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा भनेको छ ।
म्यागेजिनसँग कुरा गर्दै जेलेन्स्काले आफ्नो भावी पतिलाई दक्षिणपूर्वी युक्रेनको गृहनगर क्रिभि रिहको हाई स्कुलमा भेट्नुभएको थियो । उहाँहरू विश्वविद्यालयमा डेटिङ गर्न थालेको र एक व्यंग्य समूह गठन गर्नुभयो । उहाँको सम्पूर्ण प्रोफाइल अक्टोबरको अंकमा उपलब्ध हुने भोगले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्