जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार १४:२९

आज पनि ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, १३ साउन । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको हो । हिजो प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज ९५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ छ । चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।