काठमाडौं, साउन १३ । सेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा बन्द भएको छ । दुई घन्टाको अवधिमा २ अर्बमाथिको सेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार आज २१५ कम्पनीको ५१ लाख १० हजार ७०० कित्ता सेयर २ अर्ब १९ करोड १३ लाख ९५ हजार ७८८ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस्तै कारोबारमा आएका १३ समूहमध्ये १० को सूचक बढ्यो भने बाँकी ३ को घटेको छ । आज डेभलपमेन्ट बैंकको सूचक सर्वाधिक ४.६५ प्रतिशतले बढ्यो ।
होटल्स एन्ड टुरिजमको सूचक ३.८४ र अदर्शको १.४५ प्रतिशतले बढ्दा बैंकिङ, ट्रेडिङ, फाइनान्स, मनु एन्ड प्रो, माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेस्टमेन्टको ० प्रतिशत माथिले बढेको छ । १० समूहको सूचक बढ्दा हाइड्रो पावर, नन लाइफ इन्स्योरेन्स र म्युचुअल फन्डको सूचक घटेको हो ।
आज एउटा मात्रै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । राष्ट्रिय उत्थान लघुवित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहयो। सो कम्पनीको १२ करोड बढीको सेयर कारोबार भएको छ ।
बिहीबार नेप्से १५.४९ अंकले बढेर २१२७.४७ विन्दुमा पुगेको थियो। करिब ५ अर्बको सेयर कारोबार भएको थियो ।













प्रतिक्रिया दिनुहोस्