एजेन्सी, २० साउन । १५ वर्षअघि रिलिज फिल्म ‘तारे जमिन पर’ लाई दर्शकले निकै मनपराएका थिए । बिरामीसँग जुधिरहेको एक बालकको भावनात्मक यात्राले जोकोही दर्शकलाई भावुक बनाएको थियो । सन् २००७ मा रिलिज यो फिल्ममा इसान अवस्थी नामको बच्चाको भूमिका दर्शील सफारीले निभाउनु भएको थियो । । उहाँको चरित्रलाई दर्शकले धेरै माया गर्नु भएको थियो ।
यो फिल्मपछि दर्शीलले अभिनयबाट ब्रेक लिनु भयो र उहाँ लामो समयदेखि पर्दा बाहिर नै रहनुभयो । अब भने उहाँ फिल्ममा फर्कने तयारीमा हुनुहुन्छ । हालैको एक अन्तरवार्तामा उहाँले आफूले पढाई र कलेज जीवनको मजा लिइरहेकोले क्यामरालाई मिस गरेको बताएउनु भएको थियो ।
उहाँले आफू फिल्ममा फर्किए पनि अभिनयका लागि आमिर खानसँग काम नमाग्ने खुलासा गर्नुभएको छ । भलै दर्शीलले आमिरकै फिल्म ‘तारे जमिन पर’बाट बलिउडमा पाइला चाल्नु भएको होस् । ‘म आमिर खानसँग काम माग्दिनँ । मलाई काम माग्दा लाज लाग्छ । किनकी काम माग्ने होइन, कमाउने हो । काम माग्नु भनेको छिटो बाटो अपनाउनु हो, म छिटोबाटो भन्दा पनि लामो बाटो हिँड्न मनपराउँछु’, उहाँले भन्नुभएको छ ।
दर्शीलले आफू बलिउडमा कमव्याकका लागि तयार भए पनि कहिलेसम्म कमव्याक हुने भन्ने केही खुलाउनु भएको छैन ।
प्रतिक्रिया दिनुहोस्