काठमाडौं, ६ भदौ । नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि– आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि– आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताउनुभयो ।
अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको उहाँले बताउनुभयो । सोही अनुसार निर्णय भएर चाँडै कार्यन्वयनमा जाने अध्यक्ष हमालले जानकारी दिनुभयो ।
जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासनन गर्ने कम्पनिले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउँनेछ । त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने उहाँले दावी गर्नुभयो ।हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सि( आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।













प्रतिक्रिया दिनुहोस्