प्यूठान, भदौ २० । नेकपा एमाले प्यूठानले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि प्यूठानबाट पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इञ्चार्ज सूर्य थापाको एकल नाम सिफारिस गरेको छ।
आज पार्टी कार्यालय विजुवारमा बसेको जिल्ला कमिटीको बैठकले थापालाई उम्मेदवार बनाउनका लागि एकल नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष बिजयविराज विष्टले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्यका लागि प्यूठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ । एमाले प्यूठानले प्रदेश र प्रतिनिधिसभा सदस्य उम्मेदवारको नाम सर्वसम्मत रूपमा टुंगो लगाएको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
प्रदेश क मा पार्टीका निवर्तमान अध्यक्ष तुल्सीराम शर्मा र प्रदेश ख मा केन्द्रिय सदस्य एवं प्यूठान सहइन्चार्ज हरि रिजाल सिफारिस हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्