जनता टाइम्स

२१ भाद्र २०७९, मंगलवार १२:०८

लुम्बिनी जनरल इन्स्योरेन्सको ११ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत


काठमाडौं, २१ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीृकत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

उक्त बोनस सेयर, नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस सेयर, सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।