जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार ११:१३

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, २२ भदौ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ ।