जनता टाइम्स

२५ भाद्र २०७९, शनिबार १४:५१

राजा चार्ल्सको यस्तो छ यौन र रोमान्स जीवन !


एजेन्सी, २५ भदौ । आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि बिहीबार राति चार्ल्सले ग्रेट ब्रिटेनको राजाको रूपमा आफ्नो पदभार ग्रहण गरे ।

यसपछि उनीहरुको अफेयर चर्चामा आएको थियो । उनकी श्रीमती क्यामिला जो अहिले महारानी छन् र राजकुमारी डायनासँगको सम्बन्ध चर्चाको हट विषय बनेको छ।

जब चार्ल्स जवान थिए, भारत र पाकिस्तान विभाजित गर्ने लर्ड माउन्टबेटनले उनलाई सकेसम्म धेरै जनासंग अफेयर राख्न सल्लाह दिएका थिए । उनले चाल्र्सलाई चार्ली एन्जिल्स उपनाम नै दिएका थिए । शाही विशेषज्ञहरूले अनुमान गरेका छन् कि प्रिन्स चार्ल्सले १९६७ र १९८० बीचमा २० भन्दा बढीसंग अफेयर चलेको थियो ।

राजा चार्ल्सको अफेयरहरूमा एक नजर :
राजा चार्ल्सको पहिलो प्रेम
एक रिपोर्टका अनुसार राजा चार्ल्सको पहिलो प्रेम लुसिया सान्ता क्रुज नामकी युवतीसंग थियो । उनी चिलीका तत्कालीन राजदूतकी छोरी थिइन् । उनीहरूबीच १९६९ मा एक डिनर पार्टीमा भे ट भएको थियो । जहाँ ती दुईको पहिलो नजरमा नै लभ परेको थियो । ‘उनी चाल्र्सको जीवनको पहिलो वास्तविक प्रेमीका थिइन्,’ लेडी एलिजाबेथ एन्सन, चार्ल्सको भतिजी र लुसियाको साथीले भनिन् ।

पार्कर बाउल स्ट्रेचर
राजा चार्ल्स र क्यामिला पहिलो पटक १९७० मा पोलो खेलमा भेटेका थिए । दुवैले केही समय डेट गरेका थिए । तर, भाग्यमा अर्कै कुरा थियो । क्यामिलाले १९७३ मा एन्ड्रयू पार्कर बाउल्ससँग विवाह गरिन्। चार्ल्सले १९८१ मा राजकुमारी डायनासँग विवाह गरे । विवाहपछि धेरै समयसम्म यी दुईको सम्बन्ध कायम रह्यो ।

१९९३ मा, चार्ल्स र क्यामिला बीचको फोन कल लीक भयो । चार्ल्स र क्यामिलाले आफहरू सम्बन्ध सार्वजनिक गर्न कर लाग्यो । २००५ यी दुईबीच विवाह भयो, १९९७ मा राजकुमारी डायनाको मृत्यु भएको एक वर्ष पछि ।

राजकुमारी डायना
डायना र चार्ल्स पहिलो पटक १९७७ मा डायनाकी जेठी बहिनी, सारा मार्फत भेटेका थिए । लर्ड माउन्टबेटनको हत्या भएको एक वर्षपछि सन् १९८० मा उनीहरूबीच अर्को भेट भयो । यो जोडीले फेब्रुअरी १९८१ मा आफ्नो अफेयर घोषणा गरे । पाँच महिनापछि तिनीहरूले सेन्ट पलको क्याथेड्रलमा भव्य समारोहमा विवाह गरे। १९९५ को एक अन्तर्वार्तामा, राजकुमारी डायनाले क्यामिला पार्कर बाउल्ससँग चार्ल्सको सम्बन्धलाई संकेत गर्दै भनेकी थिएन् ‘हाम्रो विवाहमा तीन जना थियौं ।’

१९९२ मा, शाही दम्पतीले आफ्नो बिछोडको घोषणा गरे र तलाक भयो । चार्ल्सको विवाहेत्तर अफेयरको बारेमा पनि धेरै चर्चा चलेको थियो । यसले राजकुमारी डायनासँग उनको ब्रेकअप निम्त्यायो ।

सारा स्पेन्सर
सारा र चार्ल्स, राजकुमारी डायनाकी जेठी बहिनी र ८ औं अर्ल स्पेन्सरकी छोरी, पहिलो पटक १९७७ मा भेटे। यो जोडी सन् १९७७ मा छोटो समयको लागि प्रेममा परे, तर उनले चाल्र्ससँग विवाह गर्न इच्छुक नभएको प्रेसलाई बताएपछि दुबै अलग्गिए ।

१९७८ मा, स्पेन्सरले टाइम पत्रिकालाई भनिन्, ‘मेरो उहाँसँग विवाह गर्ने कुनै मनसाय थिएन। म उनलाई सोचेर पागल भएको छुइन । मैले माया नगरेको मान्छेसँग म कहिल्यै बिहे गर्दिन । चाहे त्यो भूईँको मानिस होस् वा इङ्गल्याण्डको राजा होस्।’

अन्ना वालेस
स्कटिश जग्गा कारोवारी हामिश वालेसकी छोरी अन्ना वालेसले १९८० मा चार्ल्सलाई भेटिन्। चार्ल्सले अन्नालाई डेट गर्न थाले । उनले दुई पटक प्रस्ताव गरे तर अन्नाले दुवै पटक अस्वीकार गरिन् ।

लेखिका जेसिका जेनेका अनुसार अन्नाले आफ्नी आमाको ८०औँ जन्मदिनको पार्टीमा अफेयरको अन्त्य गरिन् । चार्ल्सले त्यतिबेलै उनलाई बेवास्ता गरेका थिए । यद्यपि, अर्का लेखकले राजकुमारको क्यामिलासँगको सम्बन्धका कारण दुईले बाटो छुट्याएको विश्वास गर्छन् ।