जनता टाइम्स

४ आश्विन २०७९, मंगलवार १३:०८

धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौडने


काठमाडौं, ४ असोज । धावक रामसुन्दर कार्की ललितपुरको गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडने भएका छन् ।

१० मंसिरमा कार्कीले दौड यात्रा गोदावरी नगरपालिका–१ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्नुहुनेछ । १२ मंसिरमा जनकपुर पुग्ने बताइएको छ ।

विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसक्नुभएको कार्की यसपटक आफैले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौड्न लागेको कार्कीले जनाउनुभयो ।