जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १५:२६

१७ वर्षको उमेरमा कोठामा थुनिएकी युवतीले ५३ सालमा पाइन् स्वतन्त्रता, जीवनको ३६ वर्ष साङ्लोमा बन्दी


एजेन्सी, २३ असोज । उनको नाम सपना जैन हो। उनी १७ वर्षकी थिइन् जब उनका बुबाले उनलाई घरको कोठामा थुनेका थिए। कारण उनी मानसिक रोगबाट पीडित रहेको बताइएको थियो ।

ताजा हावा, घामबाट वञ्चित सपना अहिले ५३ वर्षकी भइन् । उनले आफ्नो जीवनको ३६ वर्ष जंजीरमा बिताइन् । अहिले उनले स्वतन्त्रता पाएकी छिन् ।

यो घटना फिरोजाबादको टुन्डला क्षेत्रको मोहम्मदाबाद गाउँको हो। सपना यही गाउँकी बासिन्दा हुन् । १७ वर्षको उमेरमा उनलाई बुबा र परिवारले मानसिक स्वास्थ्यको कारण घरकै कोठामा थुनेका थिए ।

त्यसबेलादेखि उनलाई ढोकाको बीचबाट खाना दिइयो। झ्यालबाट नुहाउनका लागि पानीले भरिएको बाल्टिन दिइयो । हातरसका बीजेपी विधायक अञ्जुला महूरको हस्तक्षेप र सहयोगमा यो हप्ता उनले मुक्ती पाएकी थिइन् ।

उनले स्थानीय गैरसरकारी संस्था सेवा भारतीमार्फत जानकारी पाएका हुन् । सपनाका बुवा गिरीश चन्दको हालै निधन भएको थियो । त्यसपछि सपनाको अवस्था वारे जानकारी लिन गैरसरकारी संस्थासँग आवद्ध महिलाको समूह त्यहाँ पुगे ।

सेवा भारतीकी सदस्य निर्मला सिंहले भनिन्, ‘सपनाले हामीलाई नराम्रो अवस्थामा देख्यौं । उनले धेरै फोहोर कपडा लगाएकी थिइन्, जुन धुलोले छोपिएको थियो ।गैरसरकारी संस्थाका सदस्यहरूले उनलाई नुहाएर सफा लुगा लगाइदिए।

गैरसरकारी संस्थाबाट जानकारी पाएपछि विधायक महूरले सपनाका परिवारका सदस्यहरूसँग कुरा गरी मानसिक स्वास्थ्य केन्द्रमा सारे । विधायकले भने, ‘सपना नाबालिग थिइन्, त्यतिबेला उनलाई घरको कोठामा कैद गरिएको थियो । उनले १७ वर्षको उमेरदेखि बाहिरी संसार देखेकी छैनन् भन्ने जानकारी पाएपछि केही गर्नुपर्छ भन्ने लाग्यो।’

सपनाको स्वास्थ्य परीक्षण भइरहेको उनको उपचारमा संलग्न चिकित्सक ज्ञानेन्द्र सिंहले बताए । आशा छ उनी छिट्टै निको हुनेछिन्। अर्कोतर्फ परिवारले भने केही भन्न मानेनन् । छिमेकीहरूले भने, परिवारले अनुमति बिना हस्तक्षेप नगर्न चेतावनी दिएका थिए ।