जनता टाइम्स

२७ आश्विन २०७९, बिहीबार १२:१०

मर्जर सम्झौतापछि समिट र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का


काठमाडौं, २७ असोज । समिट लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ ।

एक आपसमा मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले बिहीबारदेखि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

यी दुई कम्पनीले २६ असोजमा मर्जरमा जाने सम्झौता गरेका थिए ।