दमक, असोज ३० । झापाको दमक, कमल, गौरादह र गौरीगन्जमा पछिल्लो १५ महिनाको अवधिमा शेरबहादुर देउवा नेतृत्वको सरकार रहदा एउटा पनि विकास योजना नल्याउने र आएका विकास योजनाको बजेट काट्नेहरु आफ्नो केहि मुद्धा नभएपछि भ्रम छर्ने काममा ब्यस्त देखिएका छन् । क्षेत्र नं ५ मा आएका ठुला विकास योजनाहरुको विरोध गर्दै हिड्ने उनीहरुसंग विकास र सम्बृद्धिका एउटै पनि मुद्धा रहेका छैनन् ।
दमक क्याम्पस, हिमाबि भवन यो गठबन्धनको सरकारले बजेट नदिदा अलपत्र परेको छ । जति केपी ओली नेतृत्वको सरकारमा आएका कार्यक्रमहरु थिए ति योजनाहरुमा यो गठबन्धनको सरकारले बजेट नै दिएको छैन । बाटोघाटोदेखि लिएर अधिकाँश योजना अलपत्र रहेका छन् । ‘गठबन्धनका उम्मेद्वारहरु विकास ल्याउछु भन्नु त कता कता यहाँ आएका विकासहरु चाहिएकै थिएन भनेर समेत हिडेको देख्दा उदेग लागेर आँउछ,’ दमक ३ का राजेश निरौलाले भन्नुभयो ।
कमल गाँउपालिकाको आदिबासी रंगशाला बिरोधी भनेर एमाले विरुद्ध भ्रम छर्नका लागि शेरबहादुर देउवा, प्रचण्डदेखि लिएर विश्वप्रकाश शर्मालाई यहाँ ल्याएर उफारेपनि संघीय सरकारले न नीति तथा कार्यक्रममा हाल्यो न त एक पैसा बजेट नै दियो । गठबन्धनले चुनावी नारा बनाउनका लागि मात्र कुरा गर्ने गरेको र आफै संवेदनशिल नभएको पाईन्छ । यदि गठबन्धन जिम्मेवार थियो भने त गठबन्धनको नै सरकार थियो किन संघीय सरकारले आफ्नो कार्यक्रम र बजेटमा हालेन रु स्थानीय एक आदिबासी नेताले भने ।
काँग्रेस र माओबादीले भोट माग्ने आधार रंगशालालाई बनाएका छन । अब बल्ल एमालेका नेताले आफै आदिबासी रंगशाला बनाउछौ भनेकाछन् र उनीहरुले चाहेभने पक्कै बजेट आउछ भन्ने लागेको छ, ति आदिबासी नेताको भनाई छ । केपी ओली र एमालेका नेताको जति विकास ल्याउन गठबन्धनका कसैले सक्दैन, स्थानीयहरुको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्