एजेन्सी, ८ कात्तिक । यूपीको कासगञ्ज जिल्लामा डरलाग्दो घटना सार्वजनिक भएको छ । कथित इज्जतको खातिर एक किशोरीलाई बेहोस बनाएर गंगामा फालियो । हातरसको सिकन्दराउ क्षेत्रको नाहरपुर गाउँकी किशोरीलाई आफन्तले बेहोस अवस्थामा कादरगञ्जको पुलबाट गंगामा फ्याँकेका थिए ।
पानी नहुँदा बालिका बाँचेर प्रहरी चौकी सिकन्दपुर वैश पुगेर उजुरी दिएकी थिइन् । यसमा बुवा, काका र मामालाई प्रतिवादी बनाइएको छ । प्रहरीले चार घण्टापछि काकालाई पक्राउ गरेको थियो ।
ज्वरोको औषधि खुवाउने बहानामा औषधि दिइयोृ
सिकन्दराउको नाहरपुर गाउँकी किशोरी यहाँ कासगञ्जको दुर्गा कोलोनी निवासी मामा मुनिष यादवको घरमा पढेकी थिइन् । यहाँ उनको एक युवासँग प्रेम भयो। यो थाहा पाएपछि आफन्तले उनलाई घर लगे ।
त्यहाँ पनि उनले आफ्नो अडान नछाडेकाले बुवा र दाजुले गाडीमा लिएर शनिबार यहाँ दुर्गा कोलोनीमा रहेको मामालाई भेट्न आएका थिए । किशोरीलाई ज्वरो आएको भन्दै औषधिको बहानामा बेहोस हुने कुरा खुवाइएको थियो । यसले उनलाई बेहोस बनायो । बुवा, काका र मामा तीनै जनाले उनलाई कारमा राखेर सिकन्दरपुर वैश क्षेत्रको कादरगञ्जमा लगेर त्यहाँको पुलबाट गंगामा फालिदिए ।
गंगामा पानी कम हुँदा ज्यान जोगियो
पानी कम भएकाले उनी डुब्नन् र केही समयपछि होशमा आएकी थिइन् । त्यहाँबाट उनी प्रहरी चौकी सिकन्दरपुर वैश पुगिन् र बुबा टिंकु यादव, फुफाजु सिकन्दराउ क्षेत्र चमरौली गाउँका हरिमोहन र मामा मुनिषविरुद्ध उजुरी दिएकी थिइन् ।
प्रहरीले मुनिषलाई चार घण्टाभित्रै कादरगञ्जको तरसीमोरबाट पक्राउ गरेको हो । युवतीलाई जिल्ला सदरमुकामस्थित वन स्टप सेन्टरमा राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्