जनता टाइम्स

११ कार्तिक २०७९, शुक्रबार ११:२४

निर्वाचन आयोगको निर्देशन नमान्ने डा. गोविन्द केसीको घोषणा, यस्तो छ पदाधिकारीलाई उल्टै चेतावनी


काठमाडौं, कात्तिक ११। चिकित्सा शिक्षा सुधारको अभियानमा लागेका डा. गोविन्द केसीलेनो नट अगेनअभियानविरुद्ध निर्वाचनआयोगले जारी गरेको निर्देशनको अवज्ञा गर्ने चेतावनी दिनुभएको

केसीले विज्ञप्ति जारी गरी आयोगलाई निर्देशन फिर्ता लिन आग्रह गर्दै त्यसो नभएमा आयोगको निर्देशनविरुद्ध अहिंसात्मक अवज्ञाअभियान सुरु गर्ने चेतावनी दिनुभएको हो

आत्मालोचनासहित उक्त विज्ञप्ति तत्काल फिर्ता लिन हामी निर्वाचन आयोगलाई हार्दिकआग्रह गर्दछौं’, केसीले विज्ञप्तिमार्फत भन्नुभएको , ‘अन्यथा, निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको वेवास्ता गरीआम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तीको अहिंसात्मक रुपमा अवज्ञा हुने कुरा स्पष्ट गर्नचाहन्छौं

आयोगका पदाधिकारीले आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र निर्भययुक्त बनाउने भन्दा पनि नागरिकको विचार तथा अभिव्यक्तिस्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै उहाँले आयोगको विज्ञप्तिमा प्रकट भएको भाष्य मनसायले त्यही पुष्टि गरेको आरोप लगाउनुभएको

नो नट अगेनअभियानलाई निषेध गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई फौजदारी अभियोगमा सजाय गर्नेमनसाय आयोगबाट प्रकट भएको भन्दै केसीले आयोगको निर्णयप्रति आपत्ति जनाउनु भएको

केसीले विज्ञप्तिमा भन्नुभएको , ‘वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षौंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताको लागिनिर्वाचन आयोगका पदाधिकारीहरुले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ

राज्यसंयन्त्र दलको नेतृत्वमा बसेर देशलाईकुशासनको दृष्चक्रमा फसाएकाहरुलाई अगामी निर्वाचनबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नागरिकको नैसर्गिक अधिकाररहेको भन्दै डा. केसीले नागरिक तहबाट स्वस्फूर्त रुपमा अभियान चलेको जिकिर पनि गर्नुभएको