जनता टाइम्स

१७ कार्तिक २०७९, बिहीबार १८:०६

एफवान सफ्टले विकास गर्यो युजमाबाईल डटकम, मोबाईल बैंकिङ्ग प्रयोग गर्न अझ सक्षम बनाउने प्लेटफर्मको निर्माण


काठमाडौं, कात्तिक १७ । एफवान सफ्ट इन्टरनेशनले युजमोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउनथप मद्दत गर्नेछ ।

वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामाग्री) छन् र तिनिहरुको प्रयोगको बारेमा जान्न चाहने कुनै पनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल (सन्दर्भ सामाग्री) हेर्न सक्छन् ।

वेबसाईटमा मोबाईल बैंकिङ्ग सम्बन्धी नविनतम तथ्य, तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनिनिरन्तर अपडेट गरिन्छ । युजमोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनल द्धारा मोबाईल बैंकिङ्गको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुनशहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ्ग र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले भन्नुभयो “मोबाईल बैंकिङ्गको ठुलो संभावना छ, र हामी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन चाहन्छौँ , मोबाईल बैंकिङ्गको प्रयोगमा धेरै वृद्धि देखिरहेको छ र हामी आशा गछौँ की युजमोबाईल बैंकिङ्ग डट कमले मोबाईल बैंकिङ्ग प्रयोग गर्न सहज बनाउन मद्धत गर्छ ।”

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनीहो । जसको १८ वर्षभन्दा बढी समयदेखि डिजिटल फाइनान्स्मा केन्द्रित छ ।कम्पनीले हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । कम्पनीले ५० भन्दा बढि वित्तीय संस्थाहरुको बैंकिङ्ग र वित्तीय संस्थाहरुको बैंकिङ्ग अनुप्रयोगहरु निर्माण गरेको छ ।

युजमोबाईल बैंकिङ्ग डटकम मोबाईल बैंकिङ्गका प्रयोगकर्ताहरुसम्म सिधै पुग्ने पहिलो प्रयास हो । कम्पनीले आम प्रयोगकर्तालाई वेबसाईटमा जान र नविनतम समाचारहरुसँग अद्यावधिक रहनका लागि युजमोबाईल बैंकिङ्गका सामाजिक सञ्जाल पछ्याउन आग्रह गरेको छ ।