जनता टाइम्स

२२ कार्तिक २०७९, मंगलवार १३:२६

ह्वात्तै घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, २२ कात्तिक । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य घटेको र चाँदीको स्थिर रहेको जनाएको छ ।

जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ ।

सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो । यससँगै, चाँदीको मूल्य भने स्थिर छ । महासंघले चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जनाएको छ ।