जनता टाइम्स

३० कार्तिक २०७९, बुधबार १६:४५

नविल बैंकको कोहलपुर शाखामा आगलागी


काठमाडौं, ३० कात्तिक । बाँकेको कोहलपुरमा रहेको नविल बैंकको शाखामा आगलागी भएको छ । आज बिहान ५ बजे नविल बैंकको शाखामा आगलागी भएको हो । बैंकमा रहेको कागजपत्रहरु जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको कोहलपुर प्रहरी चौकीका डिएसपी ऐन नबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आगलागीबाट भौतिक सामाग्री सबै जलेको छ भने नगद बचेको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।’ आगो नियन्त्रणका लागि नेपालगंजबाट दमकल बोलाइएको थियो । क्षतिको विवरण संकलन भइरहेको उहाँले बताउनुभयो । कोहलपुर साझा चोकमा रहेको सो घरको माथिल्लो तलामा नबिल बैंकको शाखा रहेको थियो ।