जनता टाइम्स

१ मंसिर २०७९, बिहीबार १९:४८

विश्वप्रकाशका विरुद्ध ‘नो सिम्प्याथी’ अभियान


झापा, १ मंसिर । नेपाली काँग्रेसका महामन्त्री तथा भापा –१ का प्रतिनिधिसभा उम्मेदवार विश्वप्रकाश शर्माविरुद्ध मतदाताले ‘नो सिम्प्याथी’ अभियान सञ्चाmन गरेका छन् । दुई पटक संसदीय चुनाव हारेका विश्वप्रकाश शर्माले आफूलाई सहानुभतीको भोट दिन भन्दै मतदाता माझ पुगेपछि एमालेले ‘नो सिम्प्याथी’ अभियान सञ्चालन गरेको हो ।

जनमत कमजोर भएका कारण संवेदनशिल विषयहरु उठाएर मानवीय संवेदनामा खेल्न खोजेको भन्दै एमालेले नो सिम्प्याथी अभियान चलाएको हो । ‘दुईपल्ट हांरे । त्यसैले यस पटक मलाई सिम्प्याथी मत दिनुहोस भन्दै उहाँ मतदाताको पुग्नु भएको छ ’ ‘मेचनीनगरका एक एमाले नेताले भने मत राजनीतिक एजेण्डा देखाएर माग्ने हो मानवीय संवेदनामा खेलेर होइन । त्यसको प्रतिकारको लागि हामीले नो सिम्प्याथी अभियान चलाएका हौं ।’

एमालेका ती नेताका अनुसार ‘नो सिम्प्याथी’ लेखिएका स्टिकर बनाएर कार्यकर्ताले छाती र ढाडमा टाँसेर हिडेका छन् । आज धुलाबारीमा आयोजित आमसभामा आएका धेरै कार्यकर्ता र मतदाताले नो सिम्प्याथी अंकित स्टिर ढाड,छाती,क्याप र ब्यागमा टाँसेर आएका थिए ।

यस क्षेत्रमा एमालेका अग्नी खरेलले चुनावी नतिजा हत्याउने देखेपछि शर्मा मलाई कति पटक हराउनुहुन्छ । एक पटक सहानुभुती दिनुहोस । नभए मेरो राजनीतिक जीनव धरासासयी हुन्छ भनेर शर्माले मतदातालाई सहानुभुतीको राजनीतिक गरिरहेको एमालेले जनाएको छ । तर मतदाताका ढाड,छाती,क्याप,ब्याग र घरघरमा समेत नो सिम्प्याथी लेखिएको स्टिकर टालिएपछि शर्मा थप विलखबन्धनमा परेको स्थानीयबासीहरु बताउछन् ।