जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १३:०५

पुर्खे बाको मार्मिक तीज गीत “पानी मरुवा” सार्वजनिक (भिडियो सहित)


काठमाडौं, साउन २२

हिन्दु नेपाली नारीहरुको महानचाडको रुपमा लिने तिजको गीत “पानी मरुवा” सार्वजनिक गरिएको छ । ६० वर्षीया तिवारी आमा र हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले “पानी मरुवा” सार्वजनिक गरेका हुन् । यसबर्षको तीजमा तिवारी आमासँगको सहकार्यमा गित गाउन पाउँदा अत्यन्तै खुसि लागेको पुर्खे बाले बताउनुभएको छ ।

कलाकार एवम् गायककार पुर्खे बाको आधिकारिक युट्युव च्यानलबाटै पानी मरुवा सार्वजनिक गरिएको हो । बिहीबार सार्वजनिक गरेको तीजगितमा पश्चिम नेपालको चलेको छोरी माईत आउने परम्परा रहेपनि यस पटकको तिजमा कुनै पनि छोरीहरु आउन नपाएको गुनासो र पीडालाई भिडियोमा समेटिएको छ ।

यसरी हाल गीतहरुका नाममा छाडा र अश्लिल भिडियो शब्दहरु आइ रहेको समयमा पुर्खे बाको यो गितले वास्तविक तिजको भाकालाई समेटने प्रयत्न गरेको देखिन्छ । निर्माता रामु चापागाई रहेको उक्त गितको छायांकन बिजय पोखरेलले गर्नुभएको छ ।