जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार १२:२८

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी


काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताउनुभयो ।

बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उहाँले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताउनुभयो । ‘समस्या समाधानका लागि हामी खुला छौँ’, उहाँले भन्नुभयो,‘केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।’ गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताउनुभयो ।