काठमाडौं, १ पुस । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ८०० रुपैयाँ निर्धारण भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्