सुर्खेत, २ पुस । हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ । नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटका लागि कम उडान हुनु, हुम्लाबाट नेपालगन्ज र सुर्खेत झर्ने यात्रु धेरै भएपछि टिकट पाउन समस्या भएको हो । तीन दिन अगाडिदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएर हैरान भएको बताउनुभयो ।
श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उहाँको दम्पत्ती नेपालगन्ज जान लागेको हो । उहाँले तीन दिनदेखि एयरलाइन्सका कार्यालयमा दैनिक धाए पनि टिकट पाउन नसकिएको बताउनुभयो । उहाँजस्ता यात्रु दुई सयभन्दा बढी छन् । समिट एयर सिमकोटका इन्चार्ज गोविन्द लामाले नेपालगञ्जमा तीन चार दिनदेखि बिहानैबाट दिउँसो १२ बजेसम्म हुस्सु लागेर कम उडान हुँदा यात्रुुलाई टिकटको समस्या भएको हो ।
बिहीबार नेपालगञ्जमा लागेको हुस्सुको कारण सिमकोटका लागि कुनै उडान हुन सकेको थिएन । शुक्रबार पनि ढिलो गरेर एक तारा र समिटले उडान भरेका थिए । हुम्लामा चिसो हुने हुँदा माथिल्लो हुम्लाका स्थानीय तराईमा जाडो छल्न जाने गर्छन् ।













प्रतिक्रिया दिनुहोस्