जनता टाइम्स

६ पुष २०७९, बुधबार १३:३५

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, ६ पुस । सुनको मूल्य नेपाली बजारमा मंगलबार प्रतितोला ८०० रुपैयाँले बढेको छ । बढेसँगै प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला एक लाख ४०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो ।

यस्तै, महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्यपनि एक लाख ७०० रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले उकालो लागेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।