जनता टाइम्स

८ पुष २०७९, शुक्रबार १८:११

कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही सर्वसम्मत


सुर्खेत, ८ पुस । नेपाली कांग्रेस कार्णाली प्रदेश संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ ।

हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित शाहीलाई आज बसेको प्रदेशसभा सदस्यहरुको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो । शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुनुहुन्छ ।