जनता टाइम्स

२८ पुष २०७९, बिहीबार १४:१६

साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने


काठमाडौं, २८ पुस । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कर्पोरेसनको आज बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।