जनता टाइम्स

३० पुष २०७९, शनिबार १५:५०

कर्णाली सभामुखमा कांग्रेसबाट पोखरेल र एमालेबाट गुरुङको उम्मेदवारी


सुर्खेत, ३० पुस । कर्णाली प्रदेश सभामुख पदका लागि कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । सुर्खेतको जिल्ला सभापतिसमेत रहनुभएको पोखरेल सुर्खेत (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हो । त्यस्तै, एमालेबाट सभामुखको लागि उम्मेदवारको नाम टुंगाएको छ । आज एमालेले सभामुखको लागि नन्दा गुरुङको नाम टुङ्गो लगाएको हो ।

एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुङ्गिएको र दिउँसो ४ बजेको समयमा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताउनुभयो । सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ। उहाँले भन्नुभयो,‘उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।’ एमालेको गुरुङ सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हो ।