जनता टाइम्स

२ माघ २०७९, सोमबार २१:३६

आयात प्रतिबन्ध खुलेसँगै ३६ प्रतिशतले बढ्यो राजस्व


काठमाडौं, २ माघ । सरकारले महँगा गाडी, मोटरसाइकल, मदिरा, मोबाइलमा लगाएको प्रतिबन्ध पुसमा खोलेसँगै राजस्व संकलनमा ३६ प्रतिशतले वृद्धि भएको छ।महालेखा नियन्त्रक कार्यालयको वेबसाइटमा प्रकाशित दैनिक बजेटरी तुलनात्मक विश्लेषण अनुसार सरकारले चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि पुससम्ममा चार खर्ब ५८ अर्ब ९८ करोड रूपैयाँ राजस्व उठाएको छ।सरकारले मंसिरसम्ममा भने तीन खर्ब ३६ अर्ब रूपैयाँ राजस्व उठाएको थियो। राजस्वमा ३६ प्रतिशतको वृद्धि भएको हो।मासिक राजस्व संकलनमा वृद्धि देखिएपनि गत वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम राजस्व उठेको हो।कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८र७९ को साउनदेखि पुससम्ममा भने पाँच खर्ब ४२ अर्ब रूपैयाँ राजस्व संकलन गरेको थियो। पछिल्लो महिनामा राजस्व संकलनमा वृद्धि देखिएपनि अझै पनि सरकारको खर्च र आम्दानीबीच खाँडल नै छ।
यो ६ महिनाको अवधिमा सरकारले पाँच खर्ब ७६ अर्ब रूपैयाँ खर्च गरेकोमा आम्दानी भने चार खर्ब ९४ अर्ब रूपैयाँ मात्रै छ। अझै ८२ अर्ब रूपैयाँको खाँडल देखिएको छ। सरकारको चालु खर्च भने राजस्वले धान्ने अवस्थामा पुगेको छ। यो अवधिमा सरकारले चार खर्ब ५५ अर्ब चालु खर्च गरेको छ।

त्यस्तै, आन्तरिक राजस्व विभागले यस आर्थिक वर्ष २०७९र८० को साउनदेखि पुससम्मको ६ महिनामा कुल दुई खर्ब २१ अर्ब राजस्व उठाएको छ।
गत वर्षको यही अवधिसम्म उठाएको राजस्वभन्दा यो करिब चार अर्बले कम हो। गत आर्थिक वर्ष २०७८र७९ को साउनदेखि पुससम्म भने विभागले दुई खर्ब २५ अर्ब राजस्व संकलन गरेको थियो। विभागले यसपटक पुस महिनामा मात्रै ७१ अर्ब ९ करोड राजस्व उठाउन सफल भएको छ।

विभागले पुस महिनामा मात्रै एक खर्बभन्दा बढी राजस्व उठाउने लक्ष्य लिएको थियो। यद्यपी पुसमा विभागले उठाएको राजस्व गत वर्षको पुस महिनाको संकलनभन्दा केही बढी हो। गत वर्ष २०७८ पुसमा विभागले ७० अर्ब १८ करोड राजस्व उठाएको थियो।विभागले आय कर ९घरबहाल कर, ब्याज कर र पुँजीगत लाभकरसहित०, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर र शैक्षिक कर उठाउँछ।