जनता टाइम्स

११ माघ २०७९, बुधबार १७:४०

कर्णाली प्रदेशमा माओवादी र एमालेले टुंगो लगायो मन्त्रीको नाम, साँझ ६ बजे शपथ


सुर्खेत, ११ माघ । कर्णाली प्रदेश सरकार आज विस्तार हुन लागेको छ । माओवादी र एमालेले मन्त्रीको नाम टुंगो लगाएपछि आज साँझ ६ बजे शपथ हुन लागेको हो । नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिस हुनुभएको छ ।

आज पार्टीले सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिस गरेको हो । जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२) बाट र शर्मा सल्यान प्रदेश सभा (१) बाट निर्वाचित हुनुभएको थियो । मुगुका मंगल शाहीलाई भौतिक पूर्वाधार उर्जा था जलस्रोत मन्त्रालय जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेकपा एमालले दैलेखका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्रालय, जुम्लाका टेकराज पछाई सामाजिक विकास मन्त्रालय, जीतबहादुर मल्ललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।