जनता टाइम्स

२३ माघ २०७९, सोमबार १२:४४

प्रि–ओपन सेसनमा नेप्से ०.२४ अंकले वृद्धि


काठमाडौं, २३ माघ । प्रि–ओपन सेसनमा आज सेयर बजार सामान्य अंकले बढेको छ । यो सेसनमा नेप्से परिसुचक ०.२४ अंकले बढेर २०९६.३२ विन्दुमा आएको छ ।

यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । यता, १३ उपसूचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।