जनता टाइम्स

५ फाल्गुन २०७९, शुक्रबार १४:३५

दिनदिनै घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, ५ फागुन । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँ घटेको हो । हिजो पनि सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको थियो । त्यस्तै अस्ति पनि सुनको भाउ घटेको थियो । आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।