जनता टाइम्स

१० फाल्गुन २०७९, बुधबार ११:५६

प्रि-ओपन सेसन नेप्सेमा २.८४ अंकले बढ्यो


काठमाडौं, १० फागुन । प्रि–ओपन सेसनमा आज सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा २.८४ अंकले उकालो लागेर २०४९ विन्दुमा आएको छ । यससँगै १५ कम्पनीको दुई हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा १० लाख १३ हजार ८१३ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने माइक्रो फाइनान्स कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।