जनता टाइम्स

११ फाल्गुन २०७९, बिहीबार १७:२३

सेयर बजारमा ओरालो, २ अर्बको कारोबार


काठमाडौं, ११ फागुन । साताको अन्तिम कारोबार सेयर बजारमा ओरालोे लागेको छ । नेप्से परिसूचक ५७।७४ अंकले घटेर २०२२ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११।९८ अङ्कले घटेर ३८४।३६ विन्दुमा पुगेको छ। माघ २६ गतेदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब रुपैयाँ ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा छिमेकि लघुवित्त वित्तिय संस्था शीर्ष स्थानमा रहेको छ। यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी एनआईसि एसियाको ७ करोडको कारोबार भएको छ ।

बिहीबार सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ। आजको नेपाल हाईड्रो डेभलोपर रसामलिंग पावर कम्पनीको ४ प्रतिशतको सेयर कारोबार भएको छ।