जनता टाइम्स

१५ फाल्गुन २०७९, सोमबार १५:११

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतम निर्वाचित


काठमाडौं, १५ फागुन । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतम निर्वाचित हुनुभएको छ । संघको नवौँ महाधिवेशनले अध्यक्षमा गौतमलाई चयन गरेको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष वासु खड्का, द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उपमहासचिव (नीतिगत) कृष्ण केसी, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा सन्जिव शाक्य चयन हुनुभएको छ ।