काठमाडौं, १८ फागुन । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित हुनुभएको छ ।
काठमाडौं हिजो अबेर सम्पन्न २३ औं साधारण सभावाट बलामी ८३ मत ल्याएर निर्वाचित हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत प्राप्त गर्नुभएको छ। निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।
उपाध्यक्ष कुबेर गिरी ८३ मतसहित बिजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुली ४५ मतमा सिमित हुनुभयो ।
यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई बिजयी हुनुभया ेभने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा प्रदीप कार्की ७४ मतमा सिमित हुनुभयो ।
सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा मनिष कार्की र सह कोषाध्यक्षमा मनिष दाहाल निर्वाचित हुनुभएको छ ।
अध्यक्ष र महासचिवलगायत अधिकांस पदमा नेकपा एमाले निकट प्रेस चौतारी आबद्ध पत्रकार बिजयी भएको माधव तिवारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्