जनता टाइम्स

१८ फाल्गुन २०७९, बिहीबार १४:४३

सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं, १८ फागुन । सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तको फागुन २१ बुक क्लोज हुनेछ । शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले उक्त लघुवित्तले प्रस्ताव लाभांश लिन आजै सेयर खरिद गर्नुपर्छ । सपोर्ट लघुवित्तले कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर ११ प्रतिशत र कर तिर्न ०.५७ प्रतिशत नगद लाभांश गरी कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । उक्त लाभांश पारित गर्न संस्थाले चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।