जनता टाइम्स

३० फाल्गुन २०७९, मंगलवार ११:४५

सुनको भाउ एकैदिन १ हजार ६०० रुपैयाँले बढ्यो


काठमाडौ, ३० फागुन । नेपाली बजारमा आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।