जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १६:२८

सेयर बजारमा १७.७० अंकले वृद्धि


काठमाडौं, १३ चैत । साताको दोस्रो कारोबारको दिन आज सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अंकले बढेर ३५८ विन्दुमा पुगेको छ । यसअघि आइतबारको कारोबारमा भने सेयरबजारमा गिरावट आएको थियो । सो दिन नेप्से परिसूचक नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कूल २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेप्से सुचकमा १६७ कम्पनीमा वृद्धि भएको छ । ४४ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक सेयरकारोबार भएको छ ।

उक्त कम्पनीको ५ करोड ९० लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा जीवन विकास लघुवित्त भने दोश्रो स्थानमा रहेको छ। यसको आज ४ करोड ७० लाख भन्दाबढीको कारोबार भएको छ ।सोमबार १३ उपसुचकहरु मध्ये माईक्रोफाइनान्स बाहेक सबै उपसुचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, जिवन बीमा र निर्माण प्रशोधन २ प्रतिशतले वृद्धि भएको छ ।

आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, एसियन हाइड्रोपावरका र कालिन्चोक दर्शन १० प्रतिशतको सेयर कारोबार भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी अजोड जिन बिमाको ८.३० प्रतिशत र लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ५.५२ प्रतिशतको कारोबार भएको हो ।