जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार १२:५३

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौ, २६ वैशाख । प्रभु लाइफ इन्स्योरेन्सले कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने भएको हो ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरणको स्वीकृति पश्चात र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।