जनता टाइम्स

२८ बैशाख २०८०, बिहीबार १७:२०

साताको अन्तिम सेयर कारोबार, ३.३४ अंकले घट्यो


काठमाडौ, २८ वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा घटेको छ । बिहीबार नेप्से सुचक ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको छ । यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०।७१ अङ्कले घटेर ३५३.०९ विन्दुमा पुगेको छ ।

आज नेप्से सुचकको ६४ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको छ भने १४ कम्पनी स्थिर रहेको छ । यसअघि बुधबार नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३ विन्दुमा आएर रोकिएको थियो। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ । यता १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ । आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको ६।१० प्रतिशतले सेयर मूल्य बढेको छ ।