दार्चुला, ३१ बैशाख । दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् । यार्सगुम्बा संकलन गरिरहेका माथी चटयाङ पर्दा तीनजना घाइते हुन पुगेका हुन् ।
उनीहरुको अहिले उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुग्नुभएको हो ।
यसअघि पनि यार्सा संकलन हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्