कैलाली, बैशाख ३ । धनगढीका मेयर गोपी हमालले प्रधानमन्त्री बालेन शाहलाई ठाडो चुनौती दिनुभएको छ। संघ सरकारले संघीयताको भावना बिपरित निर्देशन लादेको भन्दै मेयर हमाल काउन्टरमा गर्नुभएको हो।
धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयको अवज्ञा गर्दै भोलि(वैशाख ४) गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।
मेयर गोपाल हमालले बिहीबार एक सूचना जारी गर्दै भोलिदेखि विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् ।
संघीय सरकारको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले चैत २६ गते पत्राचार गरेर भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने र वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने भनेर सबै स्थानीय तहमा पत्राचार गरेको मेयर हमालले सूचनामा उल्लेख गरेका छन् ।
तर उपमहानरका सरोकारवालाबाट वैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि पठनपाठन गर्दा विद्यार्थीहरूको पठनपाठन अवरोध हुने, पाठ्यक्रम अनुसारको वार्षिक कार्य घण्टा नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास हुने सुझाव आएको सूचनामा भनिएको छ ।
सोही सुझावका आधारमा नगर शिक्षा समितिको बिहीबार बैठक बसेर उपमहानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई भोलिदेखि वैशाख ११ गतेसम्म विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि पठनपाठन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्